स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ७ स्थित गोल्मादेवी कृषक समुहले सानोसिरुवारीलाई कृषि हब बनाउने दिशामा अगाडि बढेको छ । समुहमा आवद्ध कृषकहरूको आयआर्जन वृद्धिका लागि विभिन्न योजनाहरु सञ्चालन गर्दै गाउँलाई नै कृषि उत्पादनमा जोड दिएको हो ।
समुहले ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) पाख्रिबास धनकुटासँगको साझेदारीमा संचालन हुन गईरहेको गोल्मादेवी व्यवसायीक तरकारी उत्पादन तथा बजारीकरण उप-आयोजनाको बारेमा स्थानीय सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
समुहले reed सँगको साझेदारीमा ३८ वटा फलाम कृषि टनेल सहित विभिन्न कृषि कार्य गर्दैछ । सोही योजनाको शुरुआतमा समुहले सार्वजनिक सुनुवाइ गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले नगरपालिकामा स्रोत र साधनहरु सिमीत रहेको छ तर समुह, कृषक र स्थानीयहरुको आवश्यकता धेरै रहेको हुँदा नगरपालिकाले चाहादा चाहादै पनि सहयोग गर्न नसकिएको बताइन् । धेरै जस्तो समुह सहकारी र कृषकहरुले प्रक्रिया पुरा नगरी कार्यक्रमहरु माग गर्ने गरेको उनले बताइन् ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष डम्बर बहादुर तामाङले वडा कार्यालयबाट किसान समुहलाई गर्न सक्ने सहयोगमा कुनै कसुर बाकी नराख्ने बताए । परियोजनाका प्रतिनिधी गणेश राउतले आयोजनाले गरिरहेको कार्यक्रमहरु र उप-आयोजनाका लागि आवश्यक प्रक्रियाबारे जानकारी गराएका थिए । चौतारा साँगाचोकगढी नगरपालिका कृषि शाखा प्रमुख चिरन्जिवी कट्टेलले नगरपालिकाबाट समुहलाई गर्न सक्ने सहयोगहरु निरन्तर गरिरहने बताए ।
आयोजनाको २९ लाख ६८ हजार ४ सय ७१ लाभग्राहीहरुको ३९ लाख ११ हजार ५ सय २७ गरि कुल लागत ६८ लाख ७९ हजार ९ सय ९८ मा आगमी वर्षको २०८२ को जेठ ३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ। गोल्मादेवी कृषक समुहको अध्यक्ष महेश धितालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडाभित्रका विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडा सचिव, समुहका सदस्यलगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम समुहका सदस्य पवित्रा डोटेल (नेपालले) संचालन गरेकी थिइन् ।
उक्त समुहका १० जना पुरुष र ९ जना महिलागरी १९ जना सदस्यहरुले व्यवसायिक रुपमा तरकारी उत्पादन गरी आयआर्जनमा वृद्धि गराउने उद्देश्य रहेको समुहका अध्यक्ष महेश धितालले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।