स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा बजारमा रहेको जुगल बोर्डिङ हाइस्कुुलले जुगल शिक्षा सम्मानबाट पुर्ण गौतम र जुगल साहित्य सम्मानबाट चन्द्रप्रसाद न्यौपानेलाई सम्मानित गरेको छ । सोमबार सम्पन्न स्कुलको ३३औं वार्षिकोत्सब समारोहमा उनिहरुलाइ सम्मान गरीएको स्कुलका सम्मान संयोजक किशोर बुढाथोकीले बताए ।
गौतम हेलम्बु गाँउपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । काभ्रेमा जन्मिएका गौतमले विकट मेलम्चीघ्याङ गाउँमा विद्यालय स्थापना गरि आवासीय सामुदायिक विद्यालयबाट उत्कृष्ट शिक्षा प्रदान गरिरहेका छन् । उक्त विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन उनले गरेका काम प्रशंसनीय छन् ।
चन्द्रयुग महाकाव्यका रचयिता न्यौपानेका ४ दर्जन बढि साहित्यिक कृति प्रकाशित छन् । उनका सिर्जना विद्यालयका पाठ्यक्रममा समेत समावेश छन् भने उनको महाकाव्य चन्द्रयुग विश्वका ठुला पुस्तकहरुमध्येमा पर्छन् ।
कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभा १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटा प्रमुख अतिधिको रुपमा आफुले उक्त स्कुलमा प्रारम्भिक बाल कक्षा पढेको अनुभव सुनाए । जुगल बोर्डिङमा तत्कालीन स्थापनाकर्ता र उनिहरुको योगदानको चर्चा गर्दै सापकोटाले स्कुलका विद्यार्थीले गरेका प्रस्तुतिकरणको पनि खुलेर प्रशंसा गरे ।
स्कुलमा ओलम्पिक गेमका स्वर्ण पदकधारी राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक विष्ट र चर्चित गायक रामकृष्ण ढकाललाइ समेत गरिएको स्कुलका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले बताए । गायक ढकालले आफ्ना कालजयी गीतहरू समेत कार्यक्रममा प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बनेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।