स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तिम्रो रगतबाट सृष्टि भएकाहरुले
कसरी सोच्न सक्छन्, तिम्रो रगतलाई अपवित्र?
तिमीले नै बोल्न सिकाएका ओठहरुले
कसरी भन्न सक्छन्, तिम्रो आँसुलाई अपशकुन?
तिमीले सपना रोपिदिएका आँखाहरुले
किन देख्छन्, तिम्रो हाँसोलाई उच्छृङ्खल?
यो कविताशं हो कवि विनोद श्रेष्ठको कविता ‘अब ओठहरुमा मुस्कान फुल्नुपर्छ‘ को । विनोदको उक्त कविता ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका नगर महिला सञ्जालले खुल्ला कविता प्रतियोगितामा प्रथम भएको छ । प्रथम भएसँगै कवि विनोदले नगद १० हजार रुपैयाँ पुरस्कार सहिद प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा महिला पुरुष गरी २० जना कविले कविता बाचन गरेका थिए । यस्तै निर्मला तिमिल्सिना द्वितीय, ऋषिराम खत्री तृतीय र काजल बोगटी सान्त्वना भएका नगर महिला सञ्जाल अध्यक्ष जानुका पराजुलीले बताइन् ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सिता थापाले विजेता कविहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
महिला सशक्तिकरण, महिला हक हित अधिकार, लैङ्गिक हिंसा, सामाजिक विकृति, विसंगति,गलत संस्कार विरुद्ध र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं त्यसको महत्व लगायतका विषयमा कविहरूले आफ्नो प्रस्तुती राखेका थिए ।
विषयवस्तु, भाव, विम्व,प्रस्तुतिका आधारमा उत्कृष्ट घोषणा गरीएको निर्णयक मण्डलका सदस्य समेत रहेका पत्रकार महासंघका अध्यक्ष जिवन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । खुल्ला कविता प्रतियोगीतामा श्रेष्ठ संगै साहित्यकार अमित घिमिरे र खिका देवी नेपाल निर्णायकका रुपमा थिए ।
साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।