स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२ मंसिर, काठमाडौं ।
नक्कली नोट र नोट छाप्ने मेसिन सहित सिन्धुपाल्चोकका पाँच जना काठमाण्डौमा पक्राउ परेका छन् । नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित जिल्लाका ४ सहित पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ की ५६ वर्षीया गोमा श्रेष्ठ र ४१ वर्षीया पुष्पा थापामगर, हेलम्बु गाउँपालिका २ का १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोती रहेका छन् । त्यस्तै रामेछाप सिरुबारी गाउँपालिका का २६ वर्षीय समरोज थापामगर समेत पक्राउ परेका छन् ।
गोकर्णेश्वर ७ दक्षिणढोका क्षेत्रमा केही व्यक्तिले नक्कली नोटबाट सामान किन्न लागेको सूचनाका आधारमा वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठको टोलीले अनुसन्धान गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका ११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा बनाउनका लागि रङ्गीन पेपर प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार गोमा श्रेष्ठको साथबाट १०० रुपैयाँको नक्कली नोट फेला परेको थियो । गोमामार्फत थप अनुसन्धान गर्दै जाँदा श्रेष्ठले नक्कली नोट पुष्पा थापा मगरबाट लिएको भन्ने खुल्न आएको र उनको बूढानीलकण्ठ ११, कपनस्थित कोठामा ५०० रुपैयाँ र १००० रुपैयाँको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैंची एक थान बरामद गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।