स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ माघ, काठमाडौं ।
काठमाडौ उपत्यकाको बिभिन्न स्थानहरूमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री बितरण गरिरहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का नेता पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रहेको नरबहादुर श्रेष्ठ नक्कली मह बनाउने क्रममा कच्चा पदार्थसहित प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ का श्रेष्ठले आफू र श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ । उनले स्पर्श हनी नामको लेबल टाँसेर बिक्री वितरण गर्ने गरेको र सो ब्रान्ड दर्ता समेत नभएको प्रहरीको भनाइ छ । श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको महाशाखाका प्रवक्ता कृष्ण पँगेनीले जानकारी दिए ।
प्रहरीले उक्त कम्पनीले वितरण गरेका मह सेवन नगर्न र तत्काल खबर गर्न समेत आग्रह गरेको छ । प्रहरीले ‘अप्रेसन हनी’ अभियान सहित यो अनुसन्धान गरेको थियो । गोप्य सूचनाको आधारमा प्रहरीले माघ ६ गते काठमाडौँ महानगरपालिका २७ ज्याठाबाट नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरू र गुणस्तरहीन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरेको हो ।
श्रेष्ठले विगत ७ वर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री बितरण गर्दै आएको खुलेको छ । उनले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्श हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेका थिए । उक्त गुणस्तरहीन मह काठमाडौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेका प्रहरीले जनाएको छ । दाङ, नवलपरासी र चितवनबाट कच्चा सामग्री खरिद गुणस्तरहीन मह बनाई प्रति के.जी. रु. ६५०।– मा बिक्री बितरण गर्दै आएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।