स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तस्करहरुले गिरोहको विभिन्न तरिका अपनाएर गैरकानुरी रुपमा आयात निर्यात गर्दै आएको कुरा त सुनिदैं आएको हो । यसै क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ ।
हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
प्रहरीलाई शङ्का लागेर पक्राउ गरी काठमाण्डौ मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको थियो । दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा पोका फेला पारेको र त्यो झन्डै एक किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत २८ चैतमा मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने तीनजना चिनियाँ पक्राउ परेका थिए । भन्सारमा मेटल डिटेक्टरमार्फत चेकिङ गर्दा शरीरभित्र मेटल देखिएको थियो । अस्पतालमा लगेर एक्सरे गराउँदा सुन भएको खुल्यो । उनीहरूलाई दिसा गराएर प्रहरीले सुन निकालेको थियो । उनीहरू चाइना इस्टर्नको विमानमार्फत चीनको कुन्मिङबाट नेपाल आएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८