स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल प्रहरीले अदालतबाट १२ लाख रूपैयाँ जरिवाना ठहर भएकी एक महिलालाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार चौतारा साँगाचोकगढी १ कि सविना थापालाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनबाट १२ लाख जरिवाना र तीन दिन कैद सजाय भएका स्याउले घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन् । थापालाई जिल्ला अदालत काठमाण्डुको आदेशअनुसार आइतबार कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८