स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्लाकै मुख्य बजारहरुमा रहेका सिसिक्यामेरा आवश्यक परेका बेला कान नलाग्ने गरी विग्रीसकेको छ । तर चौतारा बन्देउ सडकको नर्सरीमा भने सडक सुरक्षाका लागि उच्च प्रविधिको सिसिक्यामेरा जडान गरिएको छ ।
चौतारा साँगाचोकगडी नगरपालिका वडा नं ११ ले वडा कार्यालयमा कन्ट्रोल हुनेगरी उच्च प्रविधिको सिसिक्यामेरा जडान गरेको छ । वडा कार्यालय नजिकैको नर्सरी बजारमा हुनसक्ने अपराधिक कार्यको निगरानी गर्न र कुनै घटना गराइ कुनै सवारीसाधन भागेमा समय भिडाइ त्यस्ता साधनको नम्बर समेत पढ्न मिल्ने क्षमताको सिसिक्यामेरा जडान गरिएको हो ।
‘त्यो चोक हाम्रो वडा कार्यालय छिर्ने चोक पनि भएको र चौतारा जाने प्रमुख राजमार्ग समेत भएकोले सुरक्षाका लागि उच्च प्रविधिको सिसिक्यामेरा जडान गरेका हौं ।’ वडाध्यक्ष रोशनराज गिरीले बताए । यसबाट अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने विश्वास उनको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८