स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकले एकैदिन तीन जना फरार अपराधी पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत कैद / जरिवाना सजाय भई फरार रहेका उनिहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय मेलम्ची र ईलाका प्रहरी कार्यालय वाह्रविसेको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भ्रष्टाचार मुद्दामा विशेष अदालत , काठमाडौंले ३ महिना कैद र १० हजार जरिवाना तोकीएका बाह्रबिसे नगरपालिका ८ का उद्वव प्रसाद नेपाल रहेका छन् ।
उनीसँगै जिल्ला अदालत काठमाडौंबाट सवारी ज्यान मुद्दामा २ बर्ष कैद तोकिएका मेलम्ची ८ का रामहरि चौलागाईं समेत पक्राउ परेका छन् । नेपालको २०७७ चैत ३१ गते फैसला गरिएको थियोे भने चौलागाईंको भने २०६१ असार ९ गते फैसला भएको थियो । उनिहरुलाइ आजै जेल चलान गरिएको छ ।
प्रहरीले सार्वजनिक अपराध मुद्दामा २०७२ चैत १८ गते १० हजार रुपैयाँ जरिवानाको फैसला भएका बाह्रबिसे ५ का २९ बर्षका राजकुमार बस्नेतलाई समेत पक्राउ गरेको छ । जिल्ला अदालत , सिन्धुपाल्चोकले तोकेको जरिवाना तिरेर बस्नेत आजै छुटेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८