स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वनमा आगो लगाएको आरोपमा सिन्धुपाल्चोक जिल्लामै पहिलोपटक १ जना पक्राउ परेका छन् ।
आइतबार दिउँसो करिब २ बजेतिर सेल्टाप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको हो।
जानाजानी वनमा डढेलो लागाउदै गरेको अवस्था लामा रंगेहात पक्राउ परेका हुन् ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ५ दिने म्याद थपको आदेशसहित हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था कानुनमा उल्लेख छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८