स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बालबालिकालाई प्रलोभनमा पारी अनलाइन मार्फत अश्लील भिडियो च्याट गराउने व्यवसाय सञ्चालन गर्दै आएकी सिन्धुपाल्चोकी एक युवती पक्राउ परेकी छिन् ।
अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका–६ घर भई काठमाडौं माकलबारी बस्दै आएकी १९ वर्षीया अञ्जली अधिकारी रहेकी छन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई हिजो पक्राउ गरेको हो ।
अधिकारीले आर्थिक अवस्था कमजोर भएका बालबलिकालाई अनलाइन टाइपिङ गर्ने रोजगारी दिने प्रलोभनमा परी यौन क्रियाकलापमा लगाउने गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षकरवीन्द्र रेग्मीले बताए । स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ ।
ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकी युवतीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८