स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वृद्ध भत्ता ल्याएर घरमा राखेको पैसा र केही गहना समेत चोरी गर्नको लागि वृद्धा महिलाको हत्या गरी फरार रहेका घुम्थाङका फुने भनिने सञ्जीव तामाङ हत्याको तीन दिनमै प्रहरीको फन्दामा परेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ७ खनियाबासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या गर्ने उनकै गाउँका ३६ वर्षीय फुने काठमाण्डौबाट पक्राउ परेका हुन् । उनको घर वृद्धाको घरबाट १० मिनेटको दूरीमा पर्छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार साउन १८ गते शुक्रबार आफ्नै घर भित्र भुईँमा हात बाँधेको अवस्थामा थापाको मृत लाश फेला परेको भनी छिमेकीले आफन्तहरूलाई जानकारी गराएपछि प्रहरीमा सूचना प्राप्त भएको थियो । मृतक रत्नकुमारी जस्तापाताले छाएको कच्ची घरमा बस्दै आएको र उनका छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारी र नातिनातिना काठमाडौँ बस्छन् ।
कुकुर सहितको विशेषज्ञ टोलीबाट विशिष्ट अनुसन्धान विधि र विश्लेषण साथै उच्चतम् प्रविधिको प्रयोग गरी प्रहरीले लुटपाट गरी हत्या गर्ने अभियुक्त पक्राउ गरेको हो । साउन २१ गते अभियुक्तलाई काठमाण्डौ गोङ्गबुबाट पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा कसूर स्वीकार गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त देउजाले वृद्धाले २ दिन अगाडि प्राप्त गरेको बाह्र हजार वृद्धभत्ता र छोरी स्वस्थानी बस्नेतले सापटी फिर्ता गरेर दिएको पचास हजार गरि बैसठ्ठी हजार लुटी हत्या समेत गरेर गाऊबाट फरार भएका थिए । साथै हत्याराले मृतकले लगाएको सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको सुनको रिङ, घाँटीमा लगाएको सुनको तिलहरी गरि साँढे १ तोला सुन समेत लुटेर घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराधी संहिता २०७४ को ज्यान सम्बन्धी कसूरको दफा १७७ र चोरी तथा डाँका सम्बन्धी कसूरको दफा २४४ बमोजिम म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।