स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको मेलचौर स्थित एक क्लिनिकबाट प्रहरीले विभिन्न प्रकारका लागुऔषधसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित सुयोग उपचार क्लिनिकका सञ्चालक सुर्य प्रसाद घोरासैनी रहेका छन् ।
मेलचौरका स्थानिय समेत रहेका घोरासैनीले संचालन गर्दै आएको सुयोग उपचार क्लिनिकमा अनुगमनका क्रममा १९ प्रकारका लागुऔषध भेटिएको उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले बताए ।
यस क्लिनिकले विना दर्ता र विना फार्मशिष्ट विरामीलाई औषधी विक्री गर्नुका साथै कम मूल्यका औषधी समेत सेवाग्राहीसँग वढी शुल्क लिएर बिक्री गर्ने गरेको देखिएको जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव समेत रहेका काफ्लेले बताए ।
क्लिनिकबाट लागुऔषध बिक्री भएको सूचनाको आधारमा खानतलासी गरी ट्रिपलिन, इलोप्राम, क्लोजेप, क्याप्सुल आईपी ट्रामोल लगायत १९ प्रकारका लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
क्लिनिक संचालकले आफुहरु सुत्ने कोठामा समेत लागुऔषध राख्ने गरेको भेटिएको थियो । उक्त क्याप्सुल ग्राहक समक्ष मंहगो शुल्कमा विक्री गर्ने गरेकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
मेलचौरमा लागु पदार्थ कारोबार हुने गरेको र यहि कारण समुदायमा नकारात्मक असर परिरहेको गुनासो स्थानीयले लामो समय देखि गर्दै आएका थिए । क्लिनिकबाट लागुऔषध बिक्रीको सुचना पाएपछि आईतबार दिउसो एक योजना बन्यो ।
सुरुमा एक प्रहरी जवानलाई सुयोग उपचार क्लिनिकमा नाटकीय रुपमा लागुऔषध प्रयोगकर्ताको रुपमा ड्रक्स किन्न पठाईयो । उनले क्लिनिकबाट लागुऔषध खरीद गरेसँगै उक्त क्लिनिकमा लागुऔषध कारोबार हुने गरेको पुष्टि भयोे । अनुगमनमा पुगेको टोलिले खानतलासी गर्दा ठुलो परिणाममा लागु पदार्थ समेत फेला पार्यो ।
अनुगमनको सुईकोपछि नजिकैको अर्को क्लिनिक संचालक सटर बन्द गरेर सम्पर्क विहिन भएका छन् । १०० मिटर परको क्लिनिकमा अनुगमन गरीरहेको सुईको पाएपछि मालिकादेवी प्राथमिक उपचार केन्द्रका संचालक खिल बहादुर दंगाल सटर बन्द गरेर सम्पर्क विहिन छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा प्रमुख सन्तोष खड्काले मालिकादेवी प्राथमिक उपचार केन्द्रका संचालकलाई पटक पटक सम्पर्क गर्दा समेत सम्पर्क स्थापित हुन नसकेको बताए ।
अनुगमन टोलीलाई सघाउनु पर्नेमा वेपत्ता हुदा थप आशंका पैदा हुनु स्वभाविक रहेको बताउदै प्रहरी प्रमुख खड्काको मालिकादेवी प्राथमिक उपचार केन्द्र आसपास प्रहरी परिचालन गरीएको बताए । दंगालको खोजिमा प्रहरी परिचालित भएकोले उनलाई उपस्थित गराएर कालिकादेवी प्राथमिक उपचार केन्द्रमा समेत खानतलासी गरीने प्रहरी प्रमुख खड्काको भनाई छ । रेडियो सिन्धुबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।