स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जग्गा विवादमा छलफलका लागि गएका वडा सचिवलाई आमाछोरा मिलेर खुकुरी प्रहार गरेका छन् । खुकुरीले टाउकोमा चोट लागि सिन्धुपाल्चोकको जुगल गाउँपालीका १ का वडासचिव क्षेत्रविक्रम सिलवाल घाइते भएका छन् ।
जुगल गाउँपालिका १, तोरीबारीका सञ्चलाल तामाङकि श्रीमती लालमाया तामाङ (बर्ष ५२) र छोरा दावा लामा(बर्ष २७) ले वडासचिव सिलवाललाइ खुकुरी प्रहार गरेको सिन्धुपाल्चोक प्रहरीले बताएको छ ।
घाइते सिलवालको अवस्था सामान्य छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि चौतारा अस्पतालमा थप उपचार भइरहेको छ ।
प्रहरीले घटनामा प्रयोग भएको हतियार सहित दुवैजनालाइ पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।
घटना आज माघ २५ गते साँझ करीब पौने ५ बजे भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८