स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तातोपानी, माघ १४।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत एवं कार्यालय प्रमुख लालबहादुर खत्री देशभरमा उत्कृठ ठहरीएका छन् । देशभरका भन्सार कार्यालयका प्रमुखहरुमध्ये खत्री उत्कृष्ठ कार्यालय प्रमुखको रुपमा पुरस्कृत भएका हुन् ।
पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका पछिल्लो दुई महिनादेखि निरन्तर सञ्चालन भइरहेको छ । नाकाले यो दुइ महिनामा ३९ करोड १२ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७\७८ मा २ करोड ७४ लाख राजश्व संकलन गरिने लक्ष्य लिएको भएपनि कार्यालयले त्यसको १४ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको हो । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा तातोपानी भन्सार कार्यालयले आयोजना गरेको कार्यक्रममा भन्सार प्रमुख खत्रीले यस्तो बताएका हुन् ।
कहिले कोरोना भाइरत कहिले बाढी पहिरोको समस्याबाट ग्रस्त बन्दै आएको तातोपानी नाकाबाट दैनिक ५\७ वटा कन्ट्रेनर सामान नेपाल भित्रदै आएको थियो । बाढीले जीर्ण बनाएको नेपाल—चीन जोड्ने मितेरी पुल मर्मत सुरु भएका कारण हाल २० दिनको लागि नाका पुःन बन्द भएको छ । उता चिनियाँ पक्षले पर्याप्त सामान नपठाउने र यता अरनीको राजमार्ग अस्तव्यस्त हुँदा समेत मर्मत सम्हार नहुदा आफुहरु मारमा परेको ब्यवसायीहरु बताउँछन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले अझै पनि चीनले अघोषित नाकाबन्दी कायम राखेको कारण पर्यन्त आयात हुने नसकेको बताए ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको सभापतित्वमा भएको कार्यक्रममा बाह्रबसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पा, भोटेकोसी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल लगाएतले नाका पुर्ण रुपमा सुचारु गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । यस्तै उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारीहरुलाइ समेत माला लगाएर सम्मान गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।