स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, १५ फागुन ।
सिन्धुपाल्चोक उद्योग वाणीज्य संघले काभ्रेको धुलिखेलबाट समेत सेवा दिने भएको छ । जिल्लाका व्यवसायीले धुलीखेलस्थित आन्तरीक राजश्व कार्यालयमा सेवा लिनुपर्ने भएकोले संघले धुलीखेलबाट समेत सेवा दिन लागेको हो ।
शनिबार सिन्धुपाल्चोक उद्योग वाणीज्य संघको चौतारा शाखाको भवन उद्घाटन समारोहमा संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले सो कुरा बताएका हुन् । राजश्व तिर्न धुलिखेल पुग्ने जिल्लाका व्यवसायीहरुले धेरै झण्झट बेहोर्नुपरेको गुनासो आएपछि संघले कर्मचारी सहित आवश्यक उपकरण राखेर सेवा दिने तयारी गरेको हो । यसबाट जिल्लाका व्यवसायी त्यहाँका व्यापारीबाट ठगीनबाट बच्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।
चौतारा शाखाको भवन उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले एकै व्यवसाय सञ्चालन गर्न पनि विभिन्न ठाँउमा दर्ता गरेर फरकफरक शुल्क बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफुहरुले सरकारसँग पहल गरिररहेको बताए ।
संघको चौताराको शाखाको कार्यालय भाडामा सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवनमा कार्यसम्पादन गर्न थालेपछि सेवा प्रवाहमा सहजता आउन संघका अध्यक्ष श्रेष्ठले बताए । भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो । संघका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, रामकाजी पौडेल, सुब्बा सुनारलाई कार्यक्रममा सम्मान गरिएको होे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।