Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

प्राधिकरणकाे नियम नै टेर्दैनन् इन्टरनेट प्रदायक

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ आश्विन ९, शनिबार (१ साल अघि)
प्राधिकरणकाे नियम नै टेर्दैनन् इन्टरनेट प्रदायक

९ असोज, चौतारा ।


सिन्धुपाल्चोकका फाइबर इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता नै नगरी विजुलीको पोल प्रयोग गरिरहेको पाइएको छ । विजुलीको पोल तेस्रो पक्षले प्रयोग गर्दा सम्झौता गरी महसुल तिर्नुपर्ने नियम भएपनि सिन्धुपाल्चोकमा भने सम्झौता नै गरेका छैनन् ।


जिल्लामा नेपाल टेलिकमसहित वल्र्डलिङ्क, सुबिसु र एरोनेटको इन्टरनेट फाइबर प्रविधिमार्फत वितरण भइरहेका छन् । टेलिकमले केन्द्रिय स्तरमा नै सम्झौता गर्ने र अन्य निजी कम्पनीले भने जिल्लास्तरमा सम्झौता गरेर भाडा बापतको रकमसमेत जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने प्रावधान छ ।


जिल्लामा भने सम्झौता नै नभएको प्राधिकरणका सिन्धुपाल्चोक वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर राजन भण्डारीले बताए । ‘हामीले गत आर्थिक वर्षमा मात्रै सम्झौता गर्न आउन तीन पटक  पत्र काटीसक्यौँ ।’ भण्डारीले भने, ‘उहाँहरु पत्र बुझेर पनि सम्झौता गर्न भने आउँनुहुन्छ ।’


प्राधिकरणसँग आफ्नो कतिवटा पोलमा कतिवटा कम्पनीका तार टाँगिएका छन् भन्ने तथ्याङ्कसमेत छैन । आफ्नो पोलमा टाँगिएको तार हटाउने आफूहरूसँग अधिकार भएपनि जनतालाई असहज हुने व्यवहारिक समस्याका कारण भन्दै उसले तार हटाउन पनि सकेको छैन ।


यसरी अनधिकृत रुपमा तार टाँङ्दा एकातिर बजार नै कुरूप देखिएको छ भने अर्कातिर वार्षिक लाखौँ रुपैँया महसुलसमेत गुमिरहेको छ । आफूलाई प्राधिकरणले पत्र काटेको भएपनि केन्द्रीयस्तरबाट नै यसको समाधान गरिनुपर्ने हालसालै मात्र एरोनेटको फाइबर इन्टरनेट सञ्चालनमा ल्याएका चौतारास्थित सेवा कम्प्युटरका प्रभात श्रेष्ठले बताए ।


‘हामीलाई पत्र प्राप्त भएपछि एरोनेटको केन्द्रिय कार्यालयमा त्यो पत्र पुर्याएका छौँ,’ श्रेष्ठले भने, ‘यो केन्द्रिय कार्यालयको नै जिम्मेवारी हो । केन्द्रले नै सम्झौता गनुपर्छ ।’


जिल्लामा सञ्चालित तीनवटा केबुल प्रदायकहरुमध्ये केहीले करिब तीन वर्षभन्दा लामो समयदेखि फाइबर नेट सञ्चालन गरिरहेका छन् । करिब १ सय किलोमिटरभन्दा धेरै लम्बाइको तार टाँगेका उनीहरूबाट वार्षिक लाखौँ रकम महसुल संकलन हुनुपर्नेमा सो रकम गुमिरहेको छ ।


ठूला व्यवसायीहरूसँग यति धेरै रकम उठाउन सक्ने वितरण केन्द्र भने साना ग्राहकसँग जरिवाना असुल्नै व्यस्त छ । आफ्ना कति पोलमा यस्ता तार छन्  र, तीबाट कति महसुल उठाउँन सकिन्थ्यो भन्ने हिसाबसमेत उसले गर्न भ्याएको छैन ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

  • बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

    बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0