स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ पुस, चौतारा ।
हातमा सीप भएर पनि भनेजस्तो कमाइ नभएपछि विदेशिएका चौताराका युवाहरू पुनः गाउँमै फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामै चौतारा गार्मेन्ट उद्योग सञ्चालन गरेर युवाहरूले घरमै बसेर राम्रो कमाई गरिरहेका छन् ।
सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका ४, चतुरेका बादलराज नेपाली करिब १६ वर्षदेखि सिलाई कटाइ पेशामा आवद्ध छन् । काठमाण्डौमा अरुको मजदुरी गरेर खासै राम्रो कमाइ नभएपछि उनी सेक्युरिटी गार्डको रुपमा तीन वर्ष वैदेशिक रोजगारीको लागि नेपाल छाडे । बर्मा गए कर्म सँगै भनेजस्तै विदेशमा पनि उनले खासै राम्रो कमाइ गर्न सकेनन् । जसोतसो तीन वर्ष विदेश बसेर नेपाल फर्कियका बादलले दुइवर्ष अघिदेखि चौतारामा चौतारा गार्मेन्ट उद्योग सञ्चालन गरेर २० जनाभन्दा धेरैलाई रोजगारी समेत दिइरहेका छन् ।
‘यो गार्मेन्टमा सिजनमा २० जना भन्दा धेरैले रोजगार पाँउछन् ।’गार्मेन्टका व्यवस्थापक बादलले भने —‘सामान्य समयमा पनि कम्तिमा १० जना उनको गार्मेन्टमा नियमीत काम गर्छन ।’
उक्त गार्मेन्टमा काम गर्नेमध्ये अधिकाँश वैदेशिक रोजगारीमा गएर फर्किएका कालीगढहरु रहेका छन् । विदेशबाट फर्किएर काठमाण्डौमा रोजगार गरिरहेका युवाहरु पनि गाँउमै काठमाण्डौकै जति कमाइ हुने भएपछि गाउँ फर्किएका हुन् । आफ्नै घरमा बसेर काम गर्दा कोठाभाडा र यातायात खर्च समेत जोगीने भएपछि उनीहरु चौतारा गार्मेन्ट उद्योगमा काम गर्न आएका हुन् । घरमै बसेर रोजगारी पाएपछि उनीहरुका परिवारका सदस्यहरु सहित उनीहरु समेत खुसी रहेका सो गार्मेन्टका कालीगढ राम हिमालले बताए ।
गार्मेन्टमा टिसर्ट, पाइन्ट, सर्ट, ट्रयाकसुट लगाएतका कपडा सिलाइ हुने गार्मेन्टका अर्का कालीगढ उमेश परियार बताउछन् । घरेलु तथा साना उद्योग कार्यालय, चौतारा र चौतारा साँगाचोकगढी नगरपालिकाको समेत सहयोग प्राप्त उक्त उद्योगमा कपडाको सिलाइका साथै धुलाइको समेत काम हुन्छ । बजारबासीहरु ठुला ब्याङ्केटदेखि साना कपडाहरु धुन पनि गार्मेन्ट आउने गर्दछन् । जिल्लामा रहेका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थीको लागि ठुलो मात्रामा ट्रयाकसुट समेत यहीँ सिलाउन थालेका छन् । काठमाण्डौंकै मुल्यमा सोही गुणस्तरको कपडा पाउने भएपछि विद्यालय सञ्चालकहरु समेत खुसी भएका जुगल बोर्डीङ हाइस्कुलका प्रिन्सीपल ओमप्रकाश उप्रेतीले बताए ।
युवाहरुले सञ्चालन गरेका यस्ता उद्योगहरुले प्रशस्त रोजगारीको सृजना त गरेको छ नै, स्थानिय बासीन्दालाई समेत धेरै नै सहज भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।