स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७९\०८० को लागि निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । कुल १ अर्ब २४ करोड २९ लाख ४७ हजारको बजेट ल्याएको नगरपालिकाले जनतालाई झुक्काउदै गतवर्षकै नीति तथा कार्यक्रम कपिपेस्ट गरेको देखिएको छ ।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, सिँचाइ, खानेपानी तथा सरसफाइ, सूचना तथा सञ्चार, गैर सरकारी संघसंस्था, कृषि, पशु लगायतका अधिकांश शीर्षकमा गत वर्षकै निती तथा कार्यक्रममा प्रस्तुत भएका बुँदाहरू समेटिएको छ ।
नयाँ जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि नयाँ नीति तथा कार्यक्रम आउने आशमा रहेका नगरवासीहरूमा पुरानै कार्यक्रम प्रस्तुत गरेर भुलाउने काम मात्रै गरेको देखिन्छ ।
नगरपालिकाले गत वर्ष उपप्रमुख जानुका पराजुलीले प्रस्तुत गरेकै नीति तथा कार्यक्रमकै कपिपेस्ट वर्तमान उपप्रमुख सिता थापाले प्रस्तुत गरेकी हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८