स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारामा रहेको चौतारा वृद्धाश्रममा आश्रित ९ जना ज्येष्ठ नागरिकलाई बैंक माइक्रोफाइनान्स इन्स्याेरेन्स क्लबले खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो नियमित सहयोगको क्रममा क्लबले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।
क्लबले आश्रममा चामल, बिस्कुट, फलफूल, जुस लगायतका खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष रामकृष्ण पराजुलीले बताए । ‘हामी बेलाबखत विभिन्न सामाजिक काम गर्दै आइरहेका छौं’, पराजुलीले भने —‘रक्तदान, सरसफाइ लगायतका विभिन्न सामाजिक काम गरिरहेका हामीले यसपटक भने वृद्धाश्रममा खाद्यान्न सहयोग गरेका हौं ।’ बीएमआइसी चौतारामा रहेका बैंक, बिमा र लघुवित्तका शाखा प्रमुखहरुको साझा संस्था हो ।
सो आश्रममा अहिले ९ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । परिवारबाट अपहेलित भएका, पारिवारिक विचलनमा परेका, पालनकर्ता नभएका ज्येष्ठ नागरिकहरूले आश्रमबाट सेवा लिइरहेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८