Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०८० जेष्ठ ११, बिहिबार (२ हफ्ता अघि)
बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

ताताेपानी–नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् । पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरुका सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे । सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनि सास्ती भोग्नुपरेको छ ।
तातोपानी क्षेत्र भौगोलिक रुपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरु भएसँगै सडकमार्ग जीर्ण छ । नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भएपनि सडक मार्गको समस्याले सधैँ ग्रसित छ । चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरोलगायतका समस्याका कारण सधैँ भासिने गरेको छ । व्यवसायीहरुले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ । व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भएपनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सकेको छैन ।
चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवसायीहरु नाकाको मुख्य सडक मर्मत नहुँदा सामान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् । व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनका लागि सडक जिर्ण भएकाले असहज भइरहेको बताए । उनले सरकारले चीनसँगको प्रमुख व्यापारीक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताए । उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए । सडक जिर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पु¥याउँदा बढ्ने गरेको उनले गुनासो गरे । भन्सारमा व्यवसायीका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भएपनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैँ समस्या हुने गरेको छ ।
अर्का व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको सुनाए । उनले सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको बताए । उनले स्थानीय पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरुलाई सडक मार्ग स्तर उन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गरे । उनले सरकारले तातोपानी नाका जोड्ने सडक समयमानै स्तर उन्नति गरे स्थानीयदेखि व्यवसायीहरुलाई समेत सहज हुने बताए ।
त्यस्तै,तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए । उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने अवस्था रहेको बताए । कन्टेनर बेला—बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको समेत उनको गुनासो छ ।
तोतापानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ । तातोपानी नाका सहज रुपमा सञ्चालनमा आएपनि सडक मार्गको अवस्था नाजुक र जिर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ । कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ । तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाइ सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0