स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाण्डाै – पूर्वअरनिको यातायात प्रालिले काठमाण्डाैकाे जडीबुटीमा निर्माण गरेको बसपार्क आज आइतवारदेखि सञ्चालनमा आएको छ । काठमाडौं महानगरले अनुमति नदिएर लामाे समयदेखि विवादमा रहेकाे बसपार्क अनाैपचारिक रूपमा सञ्चालनमा ल्याइएकाे हाे ।
याे बसपार्क अरनिकाेले आफ्नै लगानीमा निर्माण गरेकाे हाे । यहाँबाट काठमाडौबाट पूर्वका १३ जिल्लाका यात्रुले सेवा पाउने अरनिकोका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।
पूर्वअरनिको यातायात प्रालीले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाण्डाै महानगरले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएकाे थियाे । साे आदेशसँगै आजदेखि बसपार्क सञ्चालनमा आएको हो ।
जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातयात प्रालिले १० करोड रुपैयाँ बढीको लगानीमा बसपार्क बनाएको हो ।
यहाँबाट सिन्धुपाल्चोक, काभ्रे, दाेलखा, सिन्धुली, रामेछापलगायतका जिल्लामा चल्ने सवारीहरू लाग्नेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८