स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालको उत्तरी नाका चिन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात गरिएको छ । आज तातोपानी नाकाबाट नेपाली उत्पादन वाइवाई चाउचाउ चिन हुँदै जापान निर्यात भएको हो ।
चौधरी ग्रुपले नेपालमा उत्पादन गर्ने वाइवाइ चाउचाउ २ हजार ४ सय बाकस बिहिबार निर्यात गरिएको हो । ११ हजार ७ सय ९१ अमेरिकी डलर मुल्यांकन गरिएको चाउचाउ नाकाबाट चिनतर्फ निर्यात गरिएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसिले बताए ।
यसअघि चिन तथा तिब्बतमा मात्रै प्रयोगका लागि भन्सारबाट सामान निर्यात गर्ने गरिएको भएपनि चिन हुँदै तेस्रो मुलुकमा पहिलोपटक निर्यात गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८