स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
न्यु अरनिको रिसोर्ट , चौतारामा चौताराका ४४ जना युवाले आधारभूत कफि बनाउने सीप (बारिस्ता तालिम) लिएपछि उत्साहित बनेका छन् । १५ दिनसम्म चलेको तालिममा युवाहरूले कफिको नर्सरी स्थापनादेखि त्यसको बिरुवा रोपण, गोडमेल, रोगकिरा लगाएतको ज्ञान प्राप्त गरेका छन् भने कफिका विभिन्न पेय पदार्थ बनाउने सीप सिकेका छन् ।
उद्योग बाणिज्य कार्यालय र चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयाेजना गरेकाे १५ दिने( कफी) बरिस्ता तालिम ४४ जनाले लिएका हुन् । जेठ २ गतेबाट सञ्चालित तालिम १६ गतेसम्म चलेकाे थियाे । तालिमकाे एक कार्यक्रमकाे आयाेजना गरि बिहीबार समापन गरिएकाे छ ।
तालिम समापनमा बाेल्दै नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले नगरबासीलाई कृषिमा निर्भर बनाउन आवश्यक कार्यक्रम तय गरिएकाे बताउदै कफी उत्पादनमा समेत लाग्न सहभागी र आयाेजक कृषि फर्मलाई आग्रह गरे ।
नगर उपप्रमुख सीता थापाले तालिमबाट नगरले आगामी दिनमा थप कार्य गर्नकाे लागि प्रेरित गरेकाे बताईन् । तालिममा सहभागी राेशनी दुलालले आगामी दिनमा आफै व्यवसाय गर्न सक्ने र बैदेसिक राेजगारीकाे लागि पनि टेवा पुग्ने धारणा राखिन् । साथै सहभागीहरुले एड्भान्स तालिमको समेत माग गरेका छन् ।
तालिममा सहभागिहरु र प्रशिक्षकलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । त्यस्तै उद्योग बिकास कार्यालयले नगरपालिकालाई तालिममा सहयाेग पुर्याएकाे भनी प्रशंसा गर्दै कदर पत्र प्रदान गरिएकाे थियाे । उक्त कदरपत्र उद्याेग बिकास कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले नगरप्रमुख सापकोटालाई प्रदान गरेका हुन् ।
अरनिकाे कृषि फर्मका व्यवस्थापक दिपेन्द्र घलेले स्थानीय रुपले राेजगारी सिर्जना गर्ने हेतुले कफी उत्पादन देखि प्रसाेधन र परिकार तयारसम्मकाे बिषयबस्तु समेटेर तालिम गरिएको बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।