स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२३ साउन, काठमाडौँ ।
यस वर्षको माध्यामिक शिक्षा परिक्षा(एसईई)को नतिजा सार्वनजिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । वद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएकोमा विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो ।
एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट पनि हेर्न सकिनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८