स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ साउन, मेलचौर ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७, सानोसिरुवारीका सबै शिक्षकलाई अनलाइन शिक्षण तालिम दिन शुरु गरिएको छ । मालिकादेवि सामुदायिक सिकाइ केन्द्रले मेलचौरमा वडाका सबै शिक्षकहरूको लागि तीन दिने तालिम आयोजना गरेको हो ।
यस तालिमपछि शिक्षकहरु प्रविधिको माध्यमबाट कक्षाकोठामा प्रवाभकारी शिक्षण गर्न सक्ने क्षमता विकास हुने लक्ष्य आयोजकको रहेको छ । कोभिडका कारण दुई वर्षदेखि शिक्षाक्षेत्र ठगिएकोले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सहजिकरण गर्दै वैकल्पिक विधि प्रयोग गरि शिक्षण गर्न लागिएको चौतारा साँगाचोकगढी नगरपालिका ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले बताए । विद्यालयमा आलोपालो भौतिक उपस्थितिमा शिक्षण गर्ने र अनलाइन शिक्षण पनि सँगसँगै लैजान यस्ता तालिम प्रभावकारी हुने दुलालले बताए । शैक्षिक क्षेत्रको विकासले मात्रै सबै पक्षको विकास हुने दुलालले बताए ।
यस्ता तालिमहरुबाट सिकेको सिपहरुको सहि सदुपयोग भएमा यसले सबैतिर उज्यालो छर्ने चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर अमानसिं तामाङले बताए । नगरका १४ वटा वडामध्ये ७ नं वडा शिक्षाक्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै धेरै अगाडि रहेको उनले बताए । आफुले धेरै ओैपचारीक शिक्षा लिन नपाएकाले पनि शैक्षिक क्षेत्रको विकासमा आफुले धेरै सहयोग गर्ने र यश वडाले गरेको काम अरु वडाको लागि पनि सिकाइ हुने मेयर तामाङले बताए ।
केन्द्रले यसअघि पनि कम्युटर तथा अनलाइन सम्बन्धि ज्ञान नभएका शिक्षकहरुको लागि सात दिने आधारभूत तालिम सम्पन्न गरिसकेको सिकाइ केन्द्रका अध्यक्ष पुण्यप्रसाद गजुरेलले बताए । यस्ता तालिमहरुले सानोससरुवारीको शैक्षिक क्षेत्रमा कोशेढुङ्गाको रुपमा काम गर्ने उनले बताए । एकैपटक सबै शिक्षक सहभागी गराउदा कोभिडको जोखिम बढ्ने भएकोले सामाजिक दुरि कायम गरि तालिम दिनमा तीन सिफ्टमा सञ्चालन गरिनेछ । तालिमको प्रशिक्षक पदमराज पन्तले सहजिकरण गर्नेछन् । तालिममा वडाभरिका सबै ६४ जना शिक्षक सहभागी हुनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।