स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३२ साउन, चौतारा ।
सरकारले संविधानमा नै विद्यालय शिक्षा निशुल्क हुने भनी घोषणा गरेपनि सामुदायिक विद्यालयहरुले विभिन्न नाममा शुल्क लिएको विरुद्धमा सिन्धुपाल्चोकको चौताराका युवाहरुले विरोध जनाएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल पत्रकार महासंघलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाँउदै युवाहरुले विरोध जनाएका हुन् ।
सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क हुने घोषणा गरेपनि अधिकाँश विद्यालयहरुले विद्यार्थीहरुसँग अनेक वहाना बनाई शुल्क असुल्न नछाडेपछि युवाहरु जागरुक बनेका हुन् । विभिन्न निकाएमा ज्ञापनपत्र बुझाउदै जिल्लाका सामुदायिक विद्यालयहरुले असुल गर्दै आएको शुल्क रोक गर्न माग गरेका हुन् । विद्यार्थीहरुसँग शुल्क असुलेर नेपालको संविधानको धारा ३१ को २ मा उल्लेखित हक र अधिकार हनन गर्नुका साथै शुल्क तिर्न नसक्ने बालबालिकाहरु शिक्षा पाउने हकबाट बञ्चित भएकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको युवा रविन श्रेष्ठले बताए ।
जिल्लाका अधिकांश विद्यालयहरुले अंग्रेजी माध्यममा पठनपाठन गराइरहेका छन् । दरबन्दीका शिक्षकहरुले सो माध्यमा अध्यापन गराउन नसक्ने भएपछि विद्यालयहरुले निजी स्रोतमा शिक्षक भर्ती गर्ने गरेका छन् । उनै शिक्षकहरुलाई तलब खुवाउने नाममा मासीक सहयोग तथा भर्ना सहयोग भन्दै विद्यालयहरुले चर्को शुल्क लिने गरेका छन् । ‘सहयोग भनेको स्वैच्छिक हुन्छ तर सहयोगको नाममा विद्यालयहरुले निश्चित रकम अनिवार्य रुपमा उठाउँदै आएका छन् ।’ चौताराका स्थानीय युवा निमेष श्रेष्ठले भने —‘बालबालिकाको निशुल्क पढ्न पाउने संविधानमा उल्लेख भएकोमा जिल्लामा भने शुल्क तिरेर पढ्नुपर्ने बाध्यता छ ।’
सरकारले उपलब्त्र गराउने निशुल्क पाठ्यपुस्तक समेत बालबालीकाहरुले पाँउदैनन् । अंग्रेजी माध्यममा पढाउनका लागि स्थानिय तहले नै निजी प्रकाशनका महंगा पुस्तक तोकीदिने गरेका छन् । यसरी निशुल्क शिक्षा पाउनुपर्ने अधिकारलाई स्थानीय तहले नै बञ्चीत गराई विद्यार्थीसँग शुल्क उठाउन प्रोत्साहन गरिरहेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।