स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ भदौ, चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसले आफ्नो २१ औं बार्षीकोत्सबको अवसरमा सीएमसी जाेर्नल विमोचन गरेको छ । कोरोना महामारीका कारण सामान्य रुपमा मात्रै सम्पन्न गरिएको बार्षीकोत्सबको अवसरमा क्याम्पसले निकालेको जाेर्नल विमोचन गरेको हो ।
२०५६ भदौ ८ गते क्याम्पस स्थापना भएको स्मरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठको प्रमुख आतिथ्यतामा क्याम्पसले आफ्नो बार्षीकोत्सब मनाएको हो । तत्कालीन समयमा स्नातक तहमा शिक्षा शास्त्र संकाय हुँदै व्यवस्थपन संकाय सञ्चालन भएको क्याम्पसमा २०७५ सालदेखि शिक्षा सास्त्र संकाय नेपाली र अंग्रेजीमा स्नातकोत्तर कक्षा समेत शुरु भएको छ ।
कोरोना माहामारीको बिचमा सामान्य रुपमा मनाएको औपचारीक कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढि नगरपालिका वडा नं। ५ का अध्यक्ष नरमान श्रेष्ठले कोरोनाको खोप लगाएर कक्षा संचालन गर्नुपर्ने बताए । भौतिक रुपमा नै कक्षा संचालन गर्नपनि धेरै जटिल नरहेको बताउदै उनले आगामी दिनमा बिध्यार्थीलाई खोप लगाएर कक्षा संचालन गर्न पहल गर्ने समेत बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा क्याम्पसले प्रकाशन गरेको सिएमसि जाेर्नल र क्याम्पसका उपप्राध्यापक शिवराज पौडेलले लेखेका अन्तर्राष्ट्रिय जाेर्नल अर्टिकलको बिमोचन सहित लेखक पौडेललाई सम्मान समेत गरिएको छ । कोरोना माहामारीमा नेपालमा टेक्नोलोजीको प्रयोग गरेर अध्ययन गराउदा भएका असर र जटिलताको बिषय समेटिएको सो जाेर्नलले अन्तरास्ट्रिय मान्यता पाएको थियो ।
क्याम्पसले गरेको सम्मानले थप हौसला प्राप्त भएको जनरलका लेखक शिबराज पौडेलले बताए । हालको आवश्यकता अनुसन्धान बेशको जमाना रहेको हुँदा आफुले अनुसन्धान गरेर सो जनरल लेखेको र सो लेख उत्कृष्ट भएकोमा सम्पुर्ण क्याम्पस टिमलाई श्रेय जाने समेत बताए । वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख नगेन्द्र दंगालले क्याम्पसले गत साल गरेका कार्यक्रम र आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।