स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ भदौ, काठमाडौं ।
पिताको निधनपछी असाहय बनेकी सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका ६ कि समीक्षा बस्नेतले काठमाडौंको सान इन्टरनेशनल कलेजमा निशुल्क शिक्षा पाउने भएकी छिन् । समिक्षालाई कलेजलेकक्षा ४ देखी कक्षा १२ सम्म निशुल्क पढाउने गरि भर्ना गरिएको हो ।
उनका पिता नेत्र बस्नेतको गत साउन २७ गते एपेण्डीसाईटका कारण ३६ वर्षकै उमेरमा मृत्यु भएको थियो । कक्षा ४ मा अध्ययनरत उनकी छोरी समिक्षाको पठन पाठनमा सहयोग पुर्याउने हेतुले उक्त कलेजले सतप्रतिशत छात्रवृत्तिमा उच्च शिक्षासम्म प्रदान गर्ने भएको हो । कलेजले आज एक औपचारिक कार्यक्रम आयोजना गरी समिक्षालाई विद्यालयमा स्वागत गर्दै औपचारिक रुपमा भर्ना लिएको छ ।
सुनकोशी गाउँपालिकाका वडा न ६ का अध्यक्ष रामकुमार थापाको समन्वयमा समिक्षालाइ सो कलेजमा भर्ना गराइएको हो । छात्रा समिक्षालाई आफ्नो बिद्यालयमा स्वागत गर्दै कलेजका प्रधानाध्यापक बिष्णु पाण्डेले उनको शिक्षामा कुनै किसिमको कमी हुन नदिने प्रतिवद्दता जनाए । आफ्नो कलेजले विगतका दिनमा पनि गरिब, असाहय तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको बताए । ‘शिक्षालाई नाफामुलक ब्यवसायको रुपमा भन्दा पनि सामाजिक र मानसिक बिकासको पाटोको रुपमा ग्रहण गर्न आवश्यक रहेको छ ।’ प्रधानाध्यापक पाण्डेले भने-‘हामी हाम्रा विद्यार्थीबाट मासिक शुल्कको आशा भन्दा पनि विद्यार्थीको ब्यवहार र प्रवृत्तिमा कस्तो परिवर्तन आयो भन्नेमा बढी ध्यान दिन्छौ ।’
समिक्षालाई निशुल्क शिक्षा प्रदान गराउनको लागि पहलकदमी भूमिका निर्वाह गर्ने वडाध्यक्ष रामकुमार थापाले सान इन्टरनेशनल कलेजले विगतका दिनमा पनि सिन्धुपाल्चोकको बाढिपीडित परिवारका अन्य बालबालिकालाई पनि निशुल्क शिक्षाको जिम्मेवारी बोकेको स्मरण गर्दै आफ्नो पिता गुमाएर असाहय भएकी समिक्षा बस्नेतको समेत अबिभावकत्व ग्रहण गरिदिएकोमा बिद्यालयका ब्यवस्थापन पक्षलाई धन्यवाद ब्यक्त गरे ।
मृतक नेत्र बस्नेतको परिवारलाई थुम्पाखर एकता समाजका सदस्यहरु मार्फत साहनुभुती स्वरुप रु १ लाख ५७ हजार आर्थीक सहयोग संकलन गरी पिडीत परिवारलाई प्रदान गरीएको थियो । कार्यक्रममा थुम्पाखर एकता समाजका उपाध्यक्ष रामचन्द्र कार्की , कोषाध्यक्ष हरी कार्की , नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य प्रमोद तमाङ्ग लगायत समिक्षाकी आमा संगिता दहाल समेतको उपस्थिती रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।