स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ असोज, चौतारा ।
नेपाल पत्रकार महासँघ सिन्धुपाल्चोक शाखाका पत्रकारका छोराछोरीलाई चौतारस्थित जुगल बोर्डीङ हाइस्कुलले निशुल्क शिक्षा प्रदान गर्ने भएको छ । महासँघको सिफारीसको आधारमा दुइजना पत्रकारका छोराछोरीलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको हो ।
बोर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतिले यसको आज यस्तो घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघको आयोजनामा भएको विजया दशमी, दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रिन्सिपल उप्रतिले निशुल्क अध्यापन गराउनका लागि पत्रकार महासंघले पत्रकारका छोरा या छोरीलाई सिफारिस गर्नुपर्ने बताए । हरेक वर्ष नवीकरण गर्ने गरि महासंघसँग सम्झौता गरिने उनले बताए ।
महासँघको सिफारीसको आधारमा सो विद्यालयमा भर्ना हुने बालबालीकाले कक्षा १० सम्मको शिक्षा निशुल्क प्राप्त गर्नेछन् । बोर्डिङले भर्ना शुल्क, मासिक शुल्क तथा अन्य शुल्कहरु समेत नलिने गरि पत्रकारका छोराछोरीआई अध्यापन गराउने भएको हो । प्रिन्सिपल उप्रतिले पत्रकार महासंघलाई बोर्डिङमा पढाउने बालबालिका सानो कक्षामा अध्ययनरतलाई पठाउन आग्रह समेत गरे । ‘हामीले कक्षा १० सम्म निशुल्क पढाउनेछौं,’ उनले भने, ‘सानो कक्षाका बालबालिका भएपछि हामीले सेवा लामो समयसम्म दिन सक्छौं ।’ उनले ठूलो कक्षा भएमा दुई/तीन वर्ष मात्रै अध्यापन गराउन बाध्य हुने भएकाले सकेसम्म नर्सरी वा प्ले ग्रुपमा अध्ययन गर्ने बालबालिका चाहेको बताए ।
‘बोर्डीङको यस्तो घोषणालाई पत्रकार महासंघले स्वागतयोग्य रुपमा लिएको छ,’ महासंघका अध्यक्ष जिवन श्रेष्ठले भने —‘बोर्डिङले चालेको यो कदम निकै प्रसंशनीय र स्वागतयोग्य छ ।’ उनले यसमा पत्रकार महासंघ ऐक्यबद्धता गर्न तयार रहेकोसमेत जानकारी दिए
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।