स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२६ कात्तिक, ढाडे ।
नेपाल सरकारले तोके बमोजिमको न्यूनतम पारिश्रमिक विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरुलाई जुगल गाउँपालिकाले समयमै नदिएको भन्दै ध्यानाकर्षण गराईएको छ । विद्यालय कर्मचारी संगठन जुगल गाउँपालिकाले आफूहरुको माग सम्बोधन नगरिए विद्यालय बन्द गरी पालिकामा धर्ना दिने चेतावनी समेत दिएका छन् ।
संगठनले आफुहरुको समस्यालाई ध्यानमा राखेर ७ दिन भित्रमा साउन देखिको सेवा सुविधा, तलब भत्ता निकासा गराउन समेत भनेको छ । ‘विद्यालय कर्मचारीलेहरुले किन बजेट मार्फत आएको रकम र सरकारको नीति अनुसार गर्नुपर्ने कामकारवाही स्थानीय सरकारले गर्न सकेन ? हामीजस्ता न्यूनतम ज्यालामा काम गर्ने कर्मचारीहरूमाथि किन स्थानीय सरकार खेलवाड गर्दै छ ?’
विद्यालय कर्मचारी र वालविकास संघर्ष समिति जुगलका अध्यक्ष विक्रम तामाङद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘के स्थानीय सरकारको झोले बन्न कर्मचारीले नसकेर नै पछि पर्नु परेको हो ?’ दशैंजस्तो महान चाडको मुखमा समेत तलव भत्ता नदिएको भन्दै सो पत्रमा कर्मचारीले दिन दिनै भोकभोकै काम गर्नु पर्ने हो ? भन्ने प्रश्न गरिएको छ ।
‘कहिलेसम्म हाम्रो न्यूनतम तलव भत्ता निकासा हुने हो ?’, पत्रमा भनिएको छ– ‘हामीलाई कमजोर ठानी राज्यले तोकेको सुबिधा दिन सकिदैन भने यो स्थानीय सरकारको के काम हो ? के हामीले आफ्नो अधिकारको लागि आन्दोलन नै गर्नु पर्ने र सम्पूर्ण विद्यालय समेत बन्द गरेर गाउँपालिकामा बस्नु पर्ने हो ?’
नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय बालविकास सहयोगी, विद्यालय कर्मचारीहरूको तलभ भत्ता न्यूनतम् १५ हजार कायम गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।