स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दुर्गा श्रेष्ठ
१ मंसीर, जलबिरे ।
नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारी इकाई कमिटीले जलबिरेको आनन्द उच्च माध्यामिक विद्यालयमा तालाबन्दी गरेको छ । बलेफी गाउपालिका १, जलबिरेमा रहेको सो विद्यालयमा विभिन्न माग राखी तालाबन्दी गरेको हो ।
दुवै सङ्गठनले गत भाद्र ३१ गते नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निमित्त प्रधानाध्यापकलाई बुझाइएको ज्ञापन पत्रको कुनै सम्बोधन नभएको भन्दै तालाबन्दी गरेका हुन् । बलेफी गाउँ पालिकाको उपाध्यक्ष कमला कायस्थ नै सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेकी छिन् । गाउँपालिकाको उपाध्यक्ष नै विव्यसको अध्यक्ष हुदाँ पनि विद्यार्थीको जायज माग माथि गरिएको बेवास्ता र विद्यालयको शैक्षिक वातावरणमा कुनैपनि सुधार ल्याउन नसकेकोमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सत्ताको उन्मादमा गर्न खोजिएको नियम विपरीतको क्रियाकलाप प्रति हाम्रो संगठनको गम्भिर आपत्ती रहेको छ । शिक्षकको स्थायी दरबन्दीको पदपूर्ति नगरी स्थायी दरबन्दी नै खारेज गरेर राहत दरबन्दी सिर्जना गर्न खोजिएको राजनीतिक कार्यकर्ताको भर्तिको निर्णयमा हाम्रो सङ्गठनलाई किमार्थ स्वीकार्य छैन ।’ विज्ञप्तिमा भनिएको छ ‘—विद्यालयको पठनपाठन नियमित गर्न नसकेको र विद्यालयका विविध विकृति र विसंगति विरुद्धमा गरिएका हाम्रो जायज मागहरू यथाशीघ्र सम्बोधन नभएसम्म अनिश्चित कालका लागि तालाबन्दी गरेका छौ ।’
पुर्व प्रधानाध्यापकले विद्यालयलाई बुझाउन बाँकी करिब ५ लाख रुपैयाँ समेत तत्काल बैंक दाखिला गर्न समेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेविसंघकी इकाई अध्यक्ष असली तामाङ र अखिल क्रान्तिकारीकी सविना विकले हस्ताक्षर गरेकी छिन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।