स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका विभिन्न ४ विद्यालयका २० जना शिक्षकलाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सक्ने गरी तयार भएका छन् । जस्ट नेपाल फाउण्डेसनको आर्थिक सहयोग तथा विपद् पूर्वतयारी नेटवर्क — नेपाल (DPNet) को सहजिकरणमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक ३ दिने तालिम प्राप्त गरेपछि उनीहरु यसका लागि सक्षम भएका हुन् ।
गाउँपालिका भित्र भविष्यमा हुनसक्ने सम्भाव्य विपदबाट विद्यालय र समुदायहरूलाई कसरी जोखिममुक्त बनाउन सकिन्छ भन्ने उद्देश्यले विपदकाे पूर्वतयारी स्वरुप उक्त तालिम सञ्चालन गरिएको जस्ट नेपाल फाउण्डेसनकी हेलम्बु विद्यालय सहजकर्ता इन्दिरा कुमारी दुलालले बताइन् । गाउँपालिकाका अति जोखिम क्षेत्रमा अवस्थित माध्यामिक तहका विद्यालयहरू सरस्वती, भूमेश्वरी, महेन्द्र र गोल्मादेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षका साथै माध्यामिक र प्राथमिक तहका शिक्षकहरूलाई उक्त तालिम दिइएको थियो ।
DPNet का राम भट्टराई र हर्षमान महर्जनले प्रशिक्षण दिएको उक्त तालिममा विद्यालय र समुदायमा भविष्यमा आउनसक्ने विभिन्न प्रकारका जोखिमलाई न्यूनीकरण गर्दै विपत आइपरेको अवस्थामा कसरी सुरक्षित रहने भनी पूर्वतयारीमा अवस्थामा रहने ज्ञान दिइएको थियो । विद्यालय स्तरमा आइपर्ने जोखिम तथा सचेतनाका विविध विधिहरूको साथै विद्यालयहरूको अवस्था, जोखिमका सम्भावना र पूर्वतयारीको अवस्थाबारे छलफल गर्दै भावी योजना समेत निर्माण गरिएको छ ।
स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनको प्रयोग गरि स्टेचर तथा हाते कुर्सी निर्माण गर्ने विधि सहित विद्यालयका सुरक्षित क्षेत्रहरूको पहिचान गरि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना निर्माण गरि विद्यालय सुधार योजनामा समावेश गरेर जस्तो सुकै विपदको अवस्थामा पनि विद्यालयलाई तयारी अवस्थामा रहनका लागि यस तालिमले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए ।
तालिम असार २८ गतेदेखि ३० सम्म हेलम्बुको होटल चनौटे रिसोर्टमा सञ्चालन गरिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।