स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जस्ट नेपाल फाउण्डेसनले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाल विकास सहजकर्तालाई सस्तोमा शैक्षिक सामग्री निर्माणको सीप प्रदान गरेको छ । फाउण्डेसनद्वारा सञ्चालित “हाम्रो समुदाय हाम्रो विद्यालय –हेलम्बु“ परियोजनामार्फत उनीहरूलाई ६ दिने तालिममा उक्त सीप दिइएको हो ।
हेलम्बु गाउँपालिकाको समन्वय र प्रारम्भिक बाल हेरचाह र शिक्षा ECEC को सहजिकरणमा गाउँपालिकाका २१ विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्तालाई उक्त तालिम दिइएको तालिम संयोजक नवराज सापकोटाले बताए । बालबालिकालाई प्रभावकारी सिकाइका लागि मूल्य नपर्ने र कम मूल्य पर्ने शैक्षिक सामग्री निर्माण गर्ने ज्ञान दिइएको उनले बताए ।
‘हामी शैक्षिक सामग्री पुगेन भन्थेउँ तर सबै सामग्री हाम्रो नजिकै पो रहेछ ।’ तालिमकी सहभागी बबिता खड्काले भनिन् —‘मूल्य नपर्ने सामग्री बाट पनि गुणस्तरीय सिकाइ पो हुँदो रहेछ ।’
यस्तो कार्यक्रमले हेलम्बुको शिक्षा लाई एक खुड्किला अघि बढ्ने र बालविकास लाई टेवा पुग्ने विश्वास आयोजकको रहेको छ ।
सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
सम्पादक : | विजय नेपाल | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |