स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालीका ७ मा बालबालिकाको सर्वाङ्गीण पक्षको विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर पातीङको पातीङ आधारभूत विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
वडामा रहेका पातीङ आवि सहित महेन्द्र आवि, हरिसिद्धि आवि, र माहाकालेश्वरी आविका विद्यार्थीहरुको सहभागीतामा अतिरिक्त क्रियाकलाप अन्तर्गत चम्चा दौड, गणित दौड, निवन्ध लेखन प्रतियोगिता, अंग्रेजी हस्तलेखन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता सहित गायन तथा नृत्य कार्यक्रम समेत सञ्चालन गरिएको पातीङ आविका प्रधानाध्यापक प्रदिप मिजारले बताए ।
हेलम्बु गाउँपालिकामा अध्यक्ष निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने सवालमा सदैव चनाखो हुने बताए । ‘हामी हाम्रा बालबालिकाले संधै गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने कुरामा सचेत छौं ।’ शेर्पाले भने -‘बालबालिकाको विकासले नै समाज र देशको समेत विकास हुने भएकोले हाम्रो पहिलो लक्ष्य नै गाउँपालिकाका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हुनेछ ।’ अहिलेसम्म गाउँपालिकले शिक्षाको विकासका लागि ल्याएका योजना र गरिएको लगानीले पनि त्यो प्रमाणीत हुने उनले बताए ।
पातीङ आविकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष
मुइया तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि हेलम्बु ७ का वडाध्यक्ष निलबहादुर खड्काले आफ्नो वडामा भएका विद्यालयहरुको शैक्षिक सुधारमा आफू निरन्तर लागिरहेको बताए । हेलम्बु गाउँपालिका, दयाका हातहरु नेपाल र जस्ट नेपाल फाउन्डेसनको सहजिकरणमा भएको कार्यक्रममा हेलम्बु २ का वडाध्यक्ष पेम्बा लामा सहित वडाभित्र रहेका विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको समेत सहभागीता रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।