स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल हिल्फे बाइलिङग्रीस, जर्मनीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा निर्माण सम्पन्न गरेको दुइ वटा शैक्षिक भवन हस्तान्तरण गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ९, सेतीदेवी आधारभुत विद्यालयको कक्षाकोठा भवन र वडा नं. ७ को ज्ञानमन्दीर नमुना माध्यामिक विद्यालयको शिक्षक आवास भवन हस्तान्तरण गरिएको हो ।
हिल्फेले १ करोड ७१ लाख लागतमा चौतारा साँगाचोकगढी नगरपालिका—९ सिरानचौर स्थित सेतीदेवी आधारभुत विद्यालयको भवन निर्माण गरेको थियो । जनहित ग्रामीण सेवा समितिको सहकार्यमा निर्मित विद्यालय भवनको आज सोमबार नेपालहिल्फे वाइलग्रिसका अध्यक्ष म्यानफ्रिड लिन्डरले विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
हिल्फेले १ करोड २९ लाखको लागतमा भवन र ३४ लाख लागतमा घेराबार, शौचालय तथा खेलमैदान सहित सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि स्थानियहरुले नै केही जग्गा दानमा र केही जग्गा जनस्तरबाट करिब ८ लाख रुपैंया संकलन गरी खरिद गरेका थिए । खेलमैदान व्यवस्थापनको लागि अपुग ३ लाख रकम चौतारा साँगाचोकगढी नगरपालिकाले उपलब्ध गराएको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए ।
बाल कक्षादेखि कक्षा १ सम्म गरी ४ वठा कक्षा सञ्चालन हुने विद्यालयमा ६५ जना बालबालीका अध्ययन गर्दछन् । भुकम्पपछि जस्तापाताको अस्थाई सिकाइ केन्द्रमा पठनपाठन हुँदै आएकोमा हिल्फेले ६ कोठे भवन निर्माण गरेको हो । साथै हिल्फेले आजै चौतारा साँगाचोकगढी नगरपालिका ७, मेलचौरमा रहेको दरबारडाँडामा ज्ञानमन्दिर नमुना माध्यामिक विद्यालयका शिक्षकहरूका लागि आवास भवन समेत हस्तान्तरण गरेको छ । नेपाल हिल्फे बाइलङग्रिस जर्मनीको आर्थिक सहयोग र जनहित ग्रामीण सेवा समितिको सहकार्यमा सो विद्यालयको शिक्षक आवास भवनको पनि उद्घाटन र हस्तान्तरण गरिएको हो । सो आवास भवन निर्माणको लागि संस्थाले ६५ लाख उपलग्ध गराएको थियो भने शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुपाल्चोकबाट ४५ लाख रुपैयाँ लगानी गरेको थियो ।
हिल्फेले सिन्धुपाल्चोकमा १९ वटा विद्यालयमा पूर्ण सहयोग र थप सहयोगका २ गरी २१ वटा विद्यालय निर्माण गरेको हिल्फेका कार्यक्रम संयोजक श्याम पण्डितले बताए । विद्यालयका फर्निचर देखि शौचालय, कम्प्युटर प्रयोगशाला लगायत विद्यालयले माग गरेका आवश्यकता पुरा गर्दै गएको हिल्फेका कार्यक्रम संयोजक पण्डितले बताए । हिल्फेले विशेषत च्यारीटी शो गरेर रकम संकलन गर्दै स्वयंसेवक ढंगले रकम सहयोग गर्ने गरेको छ । पर्वतारोही, इन्जिनियर, डाक्टर, अफिसर लगायत विशेषत जब होल्डरहरूको स्वयंसेवक सहयोगबाट हिल्फे वाइलग्रिसले काम गर्दै आएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।