स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विश्व समावेशी साहसी संस्था , काठमाडौंले सिन्धुपाल्चोकको विभिन्न ५ विद्यालयमा ५० थान कम्प्युटर वितरण गरेको छ । संस्थाले सञ्चालन गरिरहेको फिमेल लिडरसिप एकेडेमी ट्रेनिङका प्रशिक्षार्थीले प्रयोग गर्ने र विद्यालयकै स्वामित्वमा रहनेगरि ती कम्प्युटर हस्तान्तरण गरिएको हो ।
संस्थाले सञ्चालन गरिरहेको २ बर्षे महिला नेतृत्व विकास तालिमको तालिम ५ महिना पूरा भएको छ । तालिममा अंग्रेजी भाषा र कम्प्युटर शिक्षामा विशेष प्रशिक्षण दिइरहेको छ भने उनिहरुलाइ माउन्टेन गाइड बनाउने लक्ष्य संस्थाको रहेको छ ।
प्रत्येक विद्यालयमा २५ देखि ४० जना किशोरी सहभागी छन् । हिमालि पर्यटनको उच्च संभावना रहेको नेपालमा महिला ट्रेकिङ गाइडको संख्या एकदमै कम भएकोले उनिहरुलाइ यो तालिम दिइएको संस्थाकि अध्यक्ष माया गुरुङले बताइन् । महिलाहरु बेरोजगार रहेको तर मुलुकमा महिला गाइडको संख्या न्यून भएकोले महिलाहरुको आयआर्जनमा समेत सहयोग पुर्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताइन् ।
तालिममा सहभागीहरुलाइ प्रयोगात्मक ज्ञानको लागि फागुनको पहिलो साता जुगल हिमालको आधार शिविरसम्म जाने योजना रहेको समेत गुरुङले बताइन् । इच्छुक सहभागीलाई जुगल हिमाल समेत आरोहण गराएर अनुमतिपत्र प्राप्त माउन्टेन गाइड बनाउने लक्ष्यका साथ तालिम सञ्चालन भइरहेको हो ।
संस्थाले तालिम सञ्चालन गरिरहेको श्री कृष्ण रत्नगंगा मावि चौतारा, श्री रत्नराज्य मावि जुगल, श्री क्षेत्र पालेश्वरी मावि पाँचपोखरी थाङ्पाल, ईन्द्रेश्वरी मावि मेलम्ची र जालपा देवि मावि बाहुनेपाटीमा १०/१० थान कम्प्युटर हस्तान्तरण गरेको कार्यक्रम संयोजक गौरी मालाकारले बताइन् ।
२०० भन्दा धेरै सहभागी रहेको तालिमको लागि कृष्ण रत्नगंगा माविमा कम्प्युटर हस्तान्तरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाकि उपप्रमख सीता थापाले प्राइभेट पब्लिक पार्टनरसिप (पिपिपि) मोडलमा काम गरेर युवा तथा महिलालाई नेतृत्व विकास, उद्यमशीलता, वाककला सिकाउदै उनिहरुको क्षमता विकास गर्नुपर्ने बताइन् । स्थानीय सरकारले पनि यस बारेमा छलफल चलाइरहेको
उनले बनाइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।