स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शैक्षिक बर्ष २०७९को अन्तिम नतिजा केही खस्किएपछी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शैक्षिक सुधारका लागि शिक्षकहरूसँग सम्झौता गराएको छ ।
आगामी शैक्षिकसत्रमा हरेक विषयमा कम्तिमा ५ प्रतिशत शैक्षिक उपलब्धि थप गर्ने, विद्यार्थी पोर्टफोलियो निर्माण गर्ने, मासिक परीक्षा लिने, विद्यालयको भौतिक , शैक्षिक तथा आर्थिक पक्षको प्रतिवेदन तयार गरि चौमासिक रुपमा गाउँपालिकाको शिक्षा शाखामा पेश गर्ने लगाएतको बुँदा समेटेर शिक्षकहरूसँ कार्य सम्पादन सम्झौता गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
पहिलो चरणमा गाउँपालिका शिक्षा शाखाले प्रधानाध्यापकहरुसँग सम्झौता गरेको र प्रधानाध्यापकमार्फत सबै विषयगत शिक्षकहरूसँग सम्झौता गरिएको शिक्षा शाखा प्रमुख विश्वनाथ भण्डारीले बताए । कक्षाकोठामा मोबाइल फोन प्रयोग नगर्ने, विद्यालयक नीति नियम नमान्ने शिक्षकलाई कारबाही गर्ने लगाएतका बाध्यतात्मक सम्झौताका कारण विद्यालयको शैक्षिक सुधार हुने अपेक्षा गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८