स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित श्री सरस्वती माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक हरिबहादुर रायले विद्यालयको पाँच लाख रकम आफ्नो ब्यक्तिगत खातामा हालेर भष्ट्रचार गरि फरार रहेका छन ।
बाह्रबिसे नगरपालिकाले २०७८ असारमा उक्त विद्यालयमा लाईबेरी र आईसिटीका लागि ६ लाख ६१ हजार बजेट प्रदान गरेको थियो । तर तत्कालीन प्रअ रायले लाईबेरी र आइसिटीका कुनै पनि सामाग्री खरिद नगरी उक्त रकम आफ्नो ब्यक्तिगत खातामा हालेर भष्ट्रचार गरि फरार भएका हुन ।
विद्यालयका नाममा दुई लाखको आईसिटी सामान खरिद गरेको मौखिक रुपमा भन्दै आएका रायले विद्यालयमा सामान किनेको कुनै बील, भर्पाइ बुझाएको छैनन । यदि आइसिटीका सामान किनेको हो भने बील, भर्पाई माग्दा समेत रायले बुझाउन नसकेको उक्त विद्यालयले जनाएको छ ।
तर केही समय अघि विद्यालयमा रहेको दुई लाख बराबरको केही सामान खरिद गरेको सो विद्यालयका शिक्षक बलराम तिमल्सिनाले जानकारी दिए । नगरपालिकाले आईसिटी र लाइबेरीको लागि पठाएको ६ लाख ६१ हजार रकमबाट नभई विद्यालयको बचत रकमबाट दुई लाख बराबरको आइसिटी सामान किनेको तिमल्सिना दावी गर्छन् ।
रायले विद्यालयको पाँच लाख हिनामिना गरेको र उक्त रकम फिर्ता गर्न गएको भदौ १६ गते बिब्यस बैठकले रायलाई समय दिएको थियो । भदौ २३ गतेभित्र विद्यालयको खातामा रकम जम्मा नगरे ऐन कानुन बमोजिम कारर्वाही अगाडी बढाउने निर्णय समेत बिब्यसले गरेको थियो । तर रकम फिर्ता गर्ने समय एक महिना लम्बिदा समेत रायलाई कारवाही अगाडी बढाईएको छैन ।
असोज २१ गते बिब्यसको पुन बैठक बसेको थियो । सो बैठकमा रायलाई ताकेता गर्दा उनले ब्यक्तिगत खाताबाट चार लाखको चेक विद्यालयको नाममा काटिदिएका थिए । तर उनको खातामा पैसा नभएपछि विद्यालय रित्तो हात फर्किएको बर्तमान प्रअ टेकबहादुर भुजेलले सुनाए ।
विद्यालयको पैसा हरिले आफ्नो खातामा हालेर सेयर बजारमा लगानी गरेका थिए । गएको जेठ २९ गतेबाट राय विद्यालयमा उपस्थित भएका छैनन । बाह्रबिसे नगरपालिकाले हरिलाई अहिले बाह्रबिसे स्वास्थ्य केन्द्रको प्रमुखको काजको रुपमा जिम्मेवारी दिएको छ । तर काजमा बस्न र राख्नका लागि शिक्षा नियमावालीको नियम १३३ को उपनियम ‘ज’ मा विद्यालय शिक्षक कुनै काजमा बस्न शिक्षा शाखा प्रमुखको समर्थन र विद्यालय ब्यबस्थापन समितिको निर्णय दुवै चाहिन्छ । तर उक्त दुवै प्रक्रिया बिना रायलाई केन्द्रमा काजमा राखिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।