स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा सागाँचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाका सबै विद्यालयमा कक्षा १२ सम्म नै निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन् ।
मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कक्षा १२ सम्म निशुल्क गर्ने भनी आधिकारिक रुपमा कार्यपालिकामा नै निर्णय गरिसकेको बताएका हुन् ।
‛हामिले छलफल र बहसका बिचबाट आगामी शैक्षिकसत्रदेखि कक्षा १२ सम्मनै निशुल्क गर्ने भनेर आधिकारिक रुपमा कार्यपालिकामा नै निर्णय गरिसकेको छौ ।’ मेयर सापकोटाले भने- ‘हामिले बिद्यालय मर्ज गर्ने र शिक्षक समायोजन गरि गत आर्थिक वर्षबाट आधारको रुपमा प्रक्रिया शुरु गरेका छौ ।’
‘यो वा त्यो बिद्यालय मात्र हैन पहुँचको आधारमा भन्दापनि आवश्यकताको आधारमा हामिले सिङ्गो नगरको शिक्षाको गुणस्तर बिकासको लागि रकम विनियोजन गर्दै आएका छौ र आगामी दिनमा पनि त्यसरी नै गछौँ । ’मेयर सापकोटाले शिक्षा सम्बन्धि नगरका योजना सुनाए ।
नेपालको संविधान तथा विभिन्न शिक्षा ऐनले समेत माध्यामिक तहसम्मको शिक्षा निशुल्क हुने भनी स्पष्ट व्यवस्था गरेको भएपनि नगरपालिकाका केही सामुदायिक विद्यालयले भने सहयोगको नाममा अभिभावकसँग चर्को शुल्क उठाउदैं आएका छन् ।
श्री इर्खु माध्यमिक बिद्यालयको ६४ औं बार्षिकोत्सव , २४ औं अभिभावक भेला तथा भु.पु विद्यार्थी पुनर्मिलन समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।