स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ७, सानोसिरुवारीस्थित श्री सिद्धिगणेश माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो ।
समारोहमा मन्त्री दुलालले कक्षा १२ पास भएपछि विदेशमा पढ्न जाने नकारात्मक प्रवृत्तिको विकास भएको बताए । नेपालमा नै उत्कृष्ट प्राप्त हुने भएपनि विदेशमा पढ्न जाने फेसन चल्नु दुखद् भएको बताए । ‘नेपालमा नै राम्रो पढाई हुन्छ, नेपालमा नै गुणस्तरिय शिक्षा पाइन्छ तर पनि शिक्षाको नाममा विदेश जाने फेशन चलेको छ ।’ मन्त्री दुलालले भने -‘नेपालमा नै विद्यार्थीलाई रोक्नका लागि राज्यको तहबाट शैक्षिक नीति र व्यवस्थापनमा सुधार गर्नुपर्ने कुराहरु चुनौतिको रुपमा रहेको छ ।’ ती चुनौतिहरुलाई चिर्न आफूहरु प्रयत्नशिल रहेको दुलालले दावी गरे ।
समारोहमा चोतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले विद्यालय शिक्षा गुणस्तरियता र विद्यालय व्यवस्थापनका लागि नगरपालिकाले गम्भीर भएर आफ्ना गतिविधि अगाडि बढाइरहेको बताइन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी, चौतारा साँगचोकगढी नगरपालिका वडा न ७ का वडा अध्यक्ष डम्बरबहादुर तामाङ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
सहायक प्रधानाध्यापक तिलक बहादुर दंगालको सञ्चालन रहेको कार्यक्रममा विद्यार्थी र अभिभावको बाक्लै उपस्थिति रहेको थियो भने विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो ।
विद्यालयको लागि नेपाने निवासी रमेश धितालले एक लाख २० हजारको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उनले १ लाख २० हजारको अक्षयकोष स्थापना गरेका हुन् । जिल्लाकै पहिलो चाटर्ड एकाउण्टेन्टको रुपमा परिचित धितालले यसअघि पनि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग उपलव्ध गराउदै आएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।