स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कक्षा ८ को अन्तिम परिक्षालाई पालिकास्तरीय परिक्षाको रुपमा स्थानिय तहले नै परीक्षा लिने र नतिजा प्रकाशन गर्न थालेपछि पालिकाको वास्तविक शैक्षिक अवस्था देखिन थालेको छ ।
पालिकास्तरीय परिक्षापछि सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाले शैक्षिक वर्ष २०८० को आधारभूत तहको नतिजा सार्वजनिक गर्दा कक्षा ८ को परीक्षामा पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ । पालिकाभरीका १९ वटा विद्यालयका चार सय ८० जना विद्यार्थी सहभागी भएकोमा ४ वटा विद्यालयबाट १ जना पनि उतिर्ण नहुँदा जम्मा ७७ जना मात्रै कक्षा ९ का लागि योग्य देखिएका छन् । जम्मा १६ प्रतिशत विद्यार्थी पास हुँदा ८४ प्रतिशत विद्यार्थीले कक्षा दोहोर्याउनु पर्ने भएपछि पालिकाले मौका परीक्षा समेत दिन लगाउने भएको छ ।
शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री पञ्चकन्या आधारभूत विद्यालय र श्री परोपकार आधारभूत विद्यालय रहेका छन् ।
ईन्द्रावती गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त तथ्याङ्क अनुसार विषयगत रुपमा नेपालीमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३३ जना रहेका छन् । अङ्ग्रेजीमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५९ जना रहेका छन् । गणितमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५० जना रहेका छन् । विज्ञानमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ७४ जना रहेका छन् । सामाजिकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३० जना रहेका छन् । स्वास्थ्य शारीरीकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ८८ जना रहेका छन् । स्थानिय विषय (हाम्रो इन्द्रावती) मा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ६५ जना रहेका छन् ।
पालिकाले मौका परिक्षाको लागि आउँदो आइतबार बाट पुनः परिक्षा लिने तयारी गरेको छ । मौका परिक्षामा ३ विषय सम्म फेल हुनेले सहभागी हुन पाउने भएका छन । पुनः परिक्षा सम्बन्धित विद्यालयले नै लिने बताइएकाे छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।