स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढीको कक्षा ८ को नगरस्तरिय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ । १ संस्थागत विद्यालय सहित २६ वटा विद्यालयका ७ सय ८६ जना विद्यार्थी सहभागी भएकोमा १८ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् ।
अन्तिम नतिजा अनुसार १ सय ५१ जना ले ए ग्रेड प्राप्त गरेको नगर शिक्षा अधिकृत बसन्तराज जोशीले बताए । परिक्षामा २ सय ६९, १ सय ८०, १ सय १ र १० जनाले क्रमशः बि प्लस, बि, सि प्लस र सि ग्रेड प्राप्त गरेका छन् ।
१६ जना विद्यार्थी परिक्षामा सहभागी नै नहुँदा सहभागी मध्येका ४० जना भने अनुत्तीर्ण भएका छन् । उनिहरुको लागि मौका परिक्षाको व्यवस्था नगरिएको अधिकृत जोशीले बताए ।
सबैभन्दा धेरै अर्थात ९८ जना विद्यार्थी सहभागी भएका कृष्ण रत्न गंगा मावि र २३ जना सहभागी जुगल बोर्डिङ हाइस्कुलबाट समान ५/५ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् । त्यस्तै सिद्धीगणेश मावि र ज्ञानमन्दिर माविबाट समान ३/३ जना, गोल्मादेवी मावि र सेतिदवी पञ्चकन्या माविबाट १/१ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८