स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिका स्थित श्री सिद्धीगणेश माविका एक जना अभिभावकले आफ्नो सन्तानको लागि चौताराकै एक स्टेशनरी पसलबाट अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिद गरिर लगे । जब विद्यार्थी उक्त पुस्तक बोकेर विद्यालय पुगे, तब थाहा भयो कि उ सँग सम्पुर्ण किताब नै छैन ।
कुनै कारणबस स्टेसनरीले किताब छुटायो कि भनेर बुझ्दा स्टेशनरीेले पुर्ण सेटको किताब दिएको थाहा भयो । तर सिद्धिगणेशमा भने किताब पुगेन । त्यसपछिको समस्या भने झन् रोचक भयो । आफुले किनेको पसलले उक्त किताब फिर्ता लिन मानेन भने उक्त किताब पाइने स्टेसनरीले एउटा अपुग किताब मात्रै दिन मानेन ।
अर्का एक अभिभावक किताब किन्न भनी चौताराको मनकामना स्टेसनरीमा पुगे । सिद्धिगढेशको किताब मागेपछि पसल सुर्य श्रेष्ठले आफुसँग सिद्धिगणेशको लागि किताब नभएको बरु थापा बुक्समा मात्रै पाइने बताए । नगरपालिकाले तोकेको पुस्तकको सेट आफुसँग भएको तर सिद्धिगणेशले थापा बुक्समा बाहेक अन्यत्र नपाइने किताब पनि थप गरेपछि सो विद्यालयको पुस्तक अन्यत्र नपाईने अवस्था बनेको हो ।
यसलाई सिद्धीगणेश र थापा बुक्सको कमिसनको खेलको रुपमा अभिभावकले बुझेका छन् । ‘सामुदायिक विद्यालयको नगरले तोकेको पाठ्यपुस्तक त जुन पसलमा खरिद गर्न पनि पाउनुपर्ने हो नि’ एक अभिभावकले खुल्लापानासँग भने- ‘तर सिद्धिगणेशमा विद्यार्थी पढाउने हो भने थापा बुक्समा नै किताब किन्नुपर्ने बाध्यता छ ।’ यो विद्यालय र स्टेसनरी विचको कमिसनको खेल भएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।
सिद्धिगणेश माविले गणित विषयको लागि एउटा पुस्तक र प्राक्टिकल सेट थप गरेको छ । सो सेटको बारेमा बिषय शिक्षकले पनि बिद्यार्थीको हातमा पुस्तक देखेपछि मात्रै थाहा पाएका थिए । लामो समय थापा बुक्स स्टोर रहेको स्टोर सञ्चालक कुमार थापाकै घरमा भाडामा समेत बसेका सिद्धिगणेशका प्रधानाध्यापक राजकुमार यादव र थापाको आपसी सहमतिमा मात्रै उक्त पुस्तक थप गरेको देखिन्छ ।
यस्तै जिल्लाकै पुरानो र धेरै विद्यार्थी संख्या भएको चौतारा बजारस्थित श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको पुस्तक सेट पनि सेवा स्टेसनरी बाहेक अन्यत्र नपाएको अभिभावकले गुनासो गरेका छन् । उक्त विद्यालयका अभिभावकले पनि सेवा स्टेसनरी बाहेक अन्यत्र किनेको पुस्तकले विद्यालयले तोकेको सेट पूरा हुँदैन ।
सेवा स्टेसनरीका सञ्चालक र विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठले आपसी सहमतिमा उक्त पुस्तक थप गरिएको अभिभावकको आरोप छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।