स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ को सिद्धिगणेश माध्यामिक विद्यालयले रचनात्मक शैक्षिक प्रदर्शनी गरेको छ । शुक्रबार भएको शैक्षिक प्रदर्शनीले विद्यार्थीहरूले तयार गरेको सिर्जनात्मक शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
विद्यालयले विद्यार्थीहरुका रचनात्मक र सिर्जनात्मक क्षमताको विकासका लागि प्रयोगात्मक रुपमा निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शन गरिएको र यसले विद्यार्थीको रचनात्मक सिर्जना, बौद्धिक क्षमता र ज्ञानसीपको विकासमा थप टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले बताए ।
शैक्षिक प्रदर्शनी मेलाको अवलोकन गर्न पुगेका चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले बालबालिकाहरूद्वारा गरिएको शैक्षिक मेला प्रदर्शनीले समग्र विद्यार्थीको शैक्षिक सुधारको लागि कोशेढुंगा सावित गरेको बताए ।
उपप्रमुख सीता थापाले बालबालिकाहरुको कला, सीप र क्षमतालाई उजागर गर्नको निम्ति आयोजना गरिएको शैक्षिक प्रर्दशनी उत्कृष्ट भएको बताइन् । शैक्षिक मेलामा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
मेलामा विद्यार्थीहरुले तयार पारेको विभिन्न प्रविधियुक्त उपकरण, नेपालको नक्सा, रङ्गीविरङ्गी फूलहरु, रकेट, पंखा, इलेक्ट्रिक आविश्कार , विज्ञान, कम्युटर, नेपाली, गणित लगायतका विषयका शैक्षिक सामग्रीहरु प्रदर्शनीका लागि राखेका थिए ।
विद्यालयले तयार पारेको विज्ञान सामग्री बागमती स्तरीय शैक्षिक प्रदर्शनीमा उत्कृष्ट बन्न सफल सफल भएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।