स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनकोसी गाउँपालिका, सिन्धुपाल्चोकले पालिकाका शैक्षिक क्षेत्रमा उत्कृष्ट सफलता प्राप्त गरेका व्यक्तित्वहरुलाई सम्मान गर्दै चाडबाडको शुभकामना आदानप्रदान गरेको छ । मंगलबार गाउँपालिकाको कार्यालयमा गत शैक्षिकसत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।
पालिकाको कुल २६ वटा विद्यालयबाट कक्षा ५ को पालिका स्तरीय परीक्षा, कक्षा ८ को परीक्षा , माध्यमिक शिक्षा परीक्षा(एसईई) तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्रा विद्यार्थी , विषयगत उच्च नतिजा ल्याउने बिषयशिक्षक, शतप्रतिशत तथा उच्च विद्यार्थी संख्या उतिर्ण हुने विद्यालयलाई नगद तथा सम्मानपत्र सहित सम्मान गरेको हो ।
विद्यावारिधी गरेका गाउँपालिका भित्रका ७ जना व्यक्तिलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । गत बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनकोसी गाउँपालिका द्वितीय हुन सफल भएकोमा सो प्रतियोगितामा सहभागी भइ उत्कृष्ट स्थान हाँसील गरेका खेलाडी विद्यार्थी तथा प्रशिक्षक शिक्षकलाई समेत सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताए ।
बडा दशैं, तिहार, छट तथा ल्होच्छार पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा गाउँपालिकामा रहि लामो समय सेवा गरेका कर्मचारीलाई दिर्घ सेवा सम्मान र उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो ।
गाउँपालिकाको सामाजिक सुरक्षा शाखामा कार्यरत एमआइएस अपरेटर टोपबहादुर खड्का यो बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मानीत भएका छन् । सम्मानको साथ गाउँपालिकाले उनलाई नगद पुरस्कार पनि प्रदान गरेको छ ।गाउँपालिकाले २५ बर्षभन्दा बढी सेवा सर्ने अधिकृत युगबहादुर खड्कका लगायत अन्य ६ जनालाई पनि सम्मान गरेको छ ।
गाउँपालिका गत आर्थिक बर्षमा स्वास्थ्यमा सिन्धुपाल्चोककै उत्कृष्ठ हुन सफल भएको थियो । त्यस्तै कार्यसम्पादन मूल्याङ्कनमा ९१ अंङ्क प्राप्त गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।