स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
समुन्द्री सतहबाट ५ हजार ८ सय ६३ मिटर उचाइको सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउपालिकामा रहेको गन्जला (कागा) चुली आरोहणका लागि हिडेको महिला आरोहण टोली ५ हजार ४ सय मिटरबाट फर्किएको छ । हिमालमा अत्याधिक हिमपात भएपछि मौसम प्रतिकुलताका कारण टोलि विचबाटै फर्किएको हो ।
असार १५ गतेबाट यात्रा शुरुआत गरेका २७ जना किशोरी तथा महिलाको टोली फर्किएर चुलीको आधार शिविरमा आइपुगेको छ । आज बिहान ६ बजे चुलिको हाइक्याम्पबाट हिडेको टोली विहान करिब ११:३० बजे ५ हजार ४ सय मिटरसम्म पुगेको थियो । त्यहाँ पुग्दा मौसम झनै प्रतिकुल बनेपछी आरोहण स्थगित गर्दै टोली फर्किएको हो ।
बिहिवार दिउँसो आधार शिविर पुगेको टोली शुक्रबार हाइक्याम्पमा गएर बसेको थियो । आज शनिबार ५ हजार ४ सय मिटरमा पुगेर टोली दिउँसो करिब ४ बजे बेसक्याम्पमा आइपुगेको हो । ‘ मौसम प्रतिकुलताका कारण हामी चुलीमै पुग्न सकेनौं ।’ आरोहण दलकी प्रमुख माया गुरुङले स्याट फोन मार्फत खुल्लापानालाई भनिन् -‘ टोलीको सबै सदस्य सुरक्षीत र सकुशल बेसक्याम्पमा आइपुगेका छौं ।’ सो स्थानमा टेलिफोन सम्पर्क नहुने भएकोले यसैलाई आधार मानी परिवारहरूलाइ नआत्तीन समेत गुरुङले आग्रह गरिन् ।
टोली भोलि आइतबार बिहान फर्किएर पर्सि सोमबारसम्म काठमाण्डौ पुग्ने टोलि प्रमुख गुरुङले बताइन् । काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लामा रहेको पिकको यसरी २७ जना महिलाको टोलीले सिन्धुपाल्चोकबाट नयाँ रुट खुल्ला गर्न लागेको र यस आरोहणले आगामी दिनमा नेपाल पर्वतारोहण संघबाट आरोहण अनुमति लिएर आरोहण गर्ने पिकहरुको प्रवर्नमा पनि सहयोग मिल्ने सिन्धुपाल्चोककी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति तथा पर्वतारोही माया गुरुङले बताइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।