स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ फागुन, चौतारा ।
जिल्ला अस्पताल चौतारामा अब विशेषज्ञ सेवा प्राप्त हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले सिन्धुपाल्चोक जिल्ला अस्पतालमा फागुन महिनादेखि विशेषज्ञ सेवा दिने भएको हो ।
सरकारको नियमित कार्यक्रम अन्तर्गत जिल्लामा उपलब्ध नभएका जटिल खालका विभिन्न सेवाहरु टेकु अस्पतालका विशेषज्ञ चिकित्सकले दिने भएका हुन् । चौतारा अस्पतालका पुर्व कार्यालय प्रमुख एबम् टेकू अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अब चौतारा अस्पतालबाटै अनुसार सरूवा रोग, हाडर्जोनी, छाला रोग, इन्टनल मेडिसिनका सेवाहरू दिइने छ ।
सो सेवा हरेक महिनाको पहिलो बुधबार र तेस्रो बुधबार जिल्ला अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत प्रदान गरिने डा. राजभण्डारीले बताए । उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्थामा कमी होस् भनेर अस्पतालले यस्तो सेवा सुरु गर्न लागेको हो । दुई अस्पतालबीच भएको सहमति अनुसार अहिले टेकुका चिकित्सकले लागि महिनाको दुईदिन सिन्धुपाल्चोकमा गएर सेवा दिनेछन् । सो सेवा यस आर्थिक वर्षसम्म दिने अस्पताल प्रशासनले जनाएको छ ।
सिन्धुपाल्चोकको अन्य स्थानीय सरकारले अस्पताल सँग सम्झौता गरेको खण्डमा सेवा दिने योजनामा रहेको डा. राजभण्डारीले बताए । ‘सिन्धुपाल्चोकको मेलम्ची र बाहविसेमा पनि सेवा दिनका लागि हामी इच्छुक छौं,’ डा. राजभण्डारीले भने, ‘त्यसको लागि स्थानीय सरकारका प्रतिनिधिले हामीसँग सम्झौता गर्नुपर्दछ ।’ यी सबै सेवा निःशुल्क हुने पनि अस्पतालले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।