स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
५ जेठ, नवलपुर ।
ईन्द्रावति गाँउपालिका -२, कुञ्चोकको सबै घरमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाईरसबाट लाग्ने कोभिड १९ काे न्यूनिकरण तथा रोकथामका लागि युवाहरूले सहयोग संकलन गरि सो सामाग्री वितरण गरिएको हो ।
सो स्वास्थ्य सामाग्री समाजसेवीहरु माेहन बहादुर गिरी , श्यामशुभम् गिरी, हिरा गिरी, बिष्णुकुमार भारती , रामशरण भारती, रामशरण गिरी, बलराम गिरी, मेख बहादुर गिरी तथा धनपति आचार्यले आर्थिक सहयाेग संकलन गरि वितरण गरेका हुन् । ति सामाग्रीहरु सरस्वती अधिकारी, जीवन भारती , मदनराज गिरी , कृष्ण बहादुर थापा , सुमन भारती र प्रल्हाद गिरी लगायत अन्य युवाहरुकाे सक्रियतामा वडामा रहेका सबै पाँच सय ९१ घरमा नै पुगेर वितरण गरिएको हो ।
समुहले स्थानिय वासिन्दाहरुकाे काे घरदैलाेमा गई १२०० थान साबुन, ६०० थान सेनिटाईजर र १७००० थान माक्स बितरण गरेको अभियान्ता मदनराज गिरिले बताए ।
साथै याे समुहले वडा कार्यालयलाई १००० थान माक्स र छिमेकि वडा, वडा नं -३ मा २००० थान माक्स वडा अध्यक्ष श्री देबप्रसाद बानियाँलाई वडा कार्यालयमा गई हस्तान्तरण समेत गरेकाे छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८