स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ जेठ, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा हालसम्मकै सबैभन्दा धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ देखि बुधबार साँझसम्म मात्रै ३ सय २ जना संक्रमित थपिएका हुन् ।
यो सँगै सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ हजार ११९ पुगेको छ । त्यस्तो सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना संक्रमण हुनेको संख्या पनि केही बढेको छ । लक्षणसहितको संक्रमितको संख्या एकदमै न्यून रहेको सिन्धुपाल्चोकमा ९४ जना संक्रमितको नेगेटिभ नतिजा आइसकेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै नगर प्रमुख, उपप्रमुख सहित परिक्षण गरिएको मध्ये आधा भन्दा बढि अर्थात १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा भित्रमै यति धेरै संक्रमित थपिनु जिल्लामा कोरोनाको दोश्रो लहरमा कोरोना नियन्त्रण बाहिर गएको आँकलन गरिएको छ ।
पछिल्लो प्राप्त नतिजा अनुसार चौताराका १५६ सहित मेलम्ची नगरपालिकाका ८०,इन्द्रावती गाँउपालिकाका ७,जुगल गाँउपालिकाका ३,पाँचपोखरी थाङ्पाल गाँउपालिकाका १६, बलेफि गाँउपालिकाका १, बाह्रबिसे नगरपालिकाका २,भोटेकोशी गाँउपालिकाका ३, लिसंखुपाखर गाँउपालिकाका ६, सुनकोशी गाँउपालिकाका २, हेलम्बु गाँउपालिकाका १ र ठेगाना नखुलेका २५ जना गरी ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
कोरोनाको दोस्रो लहर शुरु भए यता सिन्धुपाल्चोकमा ९४ जनाले कोरोना जितेर घर फर्कीएकोमा ११ जनाले भने ज्यान गुमाएको अधिकृत चापागाईंले बताए । कोरोनाको पहिलो कहरकमा सिन्धुपाल्चोकमा १७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए । जिल्लामा दुवै लहरमा गरि कुल १ हजार ९ सय ८८ जनामा कोरोना देखिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।